Monday, March 9, 2015

I could not TOLERATE



2 years old

छोरी:ममि मलाई पनि दादाको जस्तै रोबोट चाहियो आमा:छोरी भएर पनि काहीँ रोबोट खेल्छ गुडिया खोज। 6 years old
छोरी:ममि म पनि साईकल खेल्छु नि आमा:छोरी भएर पनि काहीँ साईकल खेल्ने हो चोटपटक लाग्छ अनि बिहा गर्न कति गाह्रो हुन्छ बरु घरघर खेल। 14 years old  
छोरी : ममि म पनि दादासङ म्याच हेर्न जान्छु नि। आमा:टिभी मै हेरे भैगो नि।बरु खाना पकाउन आइज।जत्ती जे गरे नि खाना श्रीमानहरुले कहिल्यै पकाउदैनन र पकाउनुपर्ने हामिले नै हो। 18 years old
छोरी : ममि म पनि बाइक सिक्छु नि आमा: श्रीमान आइहाल्छन नि तेरो तलाइ लिन किन एत्तिकै दुख उठाउनु छाला पनि कालो हुन्छ बरु अलि चिटिक्क र सफ्फा सुगर हुन सिक।

23 years old

छोरी :ममि म यो मान्छे सङ विवाह गर्न चाहन्न रक्सी र चुरोटको लत लागेको छ रे। आमा: अहिलेको जमानामा कस्ले खादैन।इङ्गेजमेन्ट भैसक्यो परिवारको बेइज्जत मात्र हुन्छ 24 years old
छोरी :ममि म यो मान्छेको त अरु केटीहरुसङ शारीरिक सम्बन्ध पनि रहेछ म के गरौ? आमा: सहन्सिल हुन सिक छोरी केटी मान्छे भयेपछी सहन्सील हुनुपर्छ। 38 years old 
छोरी :ममि आफ्नो बुवा को देखासिकी गरेर छोरो पनि बिग्र्यो क गरुँ म? आमा: केटाहरु एस्तै हुन।केही नभन् नि नातिलाइ फेरि सम्धिनी ज्यू रिसाउलिन। बरु नातिनिलाइ चाहिँ धेरै उत्ताउलो नहो भनेर सिका। 40 years old एउटा ठूलो कोठाको बीचमा त्यो छोरिको लास भेटियो र टेबलमा थियो एउटा पत्र

"आमा आफ्नो श्रीमान्बाट मैले प्रेम अपेक्षा गरें धोका सहन सकिन।आफ्नो केही गल्ती नहुदा पनि बिना कसूरको पिटाइ सहन सकिन।सासुको हरेक कुरा माने तर निरप्राध हुँदा लागेको आरोप सहन सकिन। छोरालाइ उद्धन्ड मच्चाउन दिने तर छोरिलाइ उत्तौली नबन भन्न सकिन।हरेक चोटि आफ्नो इच्छा आकङ्छ्या र अभिलाषालाई मारेर अरुको लागि बाच्न सकिन। माफ गर्नुहोस आमा म सहन्सील छोरी बन्न सकिन।" उसकी आमा ग्वांग्वां रोइन् तर त्यो आसुले ती मरेकी छोरी फिर्ता आउदिनथियिन्। Lets not teach our daughters how to dress let's teach our sons to behave. Lets not teach our daughters to be submissive let's teach our daughters and sons to respect their partners.Lets not teach our children to ask for respect.Teach them to earn it.let's not teach our daughters to bear teach your daughters to revolt.




1 comment:

  1. Move on Shail . all our friends, those know you they are proud of you. i m also happy that you are now working your nation . Some people whose are victim now and also suffer anti acid attack ..i think you promise your self that you are protect them and also help them . You also suggest your people they can rise their voice Against anti acid attacker . carry on Shail .

    ReplyDelete